IME Life
Beema Board

पुनर्बीमाको सञ्चालकका लागि बीमक संघको सहमतिलाई अटेर गर्दै दीप पाण्डे, लिएनन् उमेदवारी फिर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक पदका लागि दिएको उमेदवारी फिर्ता लिने सहमतिलाई लत्याएका छन् । पाण्डेले दिउसो भएको छलफल पछि आफुले उमेदवारी फिर्ता लिने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल बीमक संघको तर्फबाट सुनिल बल्लभ पन्तलाई प्रतिनिधि पठाउने विषयमा सहमति जुटेको थियो ।

यस पटक जीवन बीमा कम्पनीहरुलाई पनि स्थान दिने भन्दै जीवन बीमकहरुको तर्फबाट उमेदवारी दिएका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक हेमन्त नाहाटालाई समर्थन गर्ने सहमति भएको थियो । तर संघको आन्तरिक सहमतिलाई लत्याउदै पाण्डेले उमेदवारी फिर्ता लिएनन् । कम्पनीको सञ्चालक पदका लागि आजसम्म आवेदन दिने म्याद थियो ।

Prabhu
Crest

कम्पनीले नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने कार्यतालिका छ । सुनिल बल्लब पन्तको नाम नेपाल बीमक संघबाट अनुमोदन भए पनि पाण्डेले उमेदवारी फिर्ता नलिए पछि संघका अन्य पदाधिकारीहरुले आक्रोश समेत पोखेका छन् ।

पाण्डेले नेपाल बीमक संघको अध्यक्षमा अव नदोहोरिने योजना बनाएका छन् । संघमा नबस्ने भए योजना बनाएका पाण्डेले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकबाट हट्न नचाहेको कतिपयको भनाइछ । सूर्या लाइफका सञ्चालक नाहाटाको विषयमा सबै जना सहमति नभएको बुझिएको छ ।

एउटा कम्पनीले अर्को कम्पनीमा लगानी गर्दा प्रायः उच्च व्यवस्थापन तहका कर्मचारी प्रतिनिधि जाने प्रचलन छ । तर सञ्चालक नाहाटा विशाल ग्रुपको प्रतिनिधिको रुपमा समेत जान खोजिएको आरोप लाग्दै आएको छ । सञ्चालक पदका लागि सहमति नजुटेकाले चुनाव हुने देखिएको छ । कम्पनीले यहि २२ गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले सञ्चालकको निर्वाचन तथा १९ प्रतिशत लाभांश दिने प्रस्तावलाई अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS