IME Life
Beema Board

सूर्या लाईफको साधारण सभाबाट बोनश शेयरको प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेर्हौ वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तावित १३.३६८ प्रतिशत लाभांश पारित गरेको छ ।

साधारण सभाले १२.७० प्रतिशत बोनश शेयर र ०.६६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागी) सहित लाभांशको प्रस्ताव पारित गरेको हो । बोनश शेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ नाघ्ने छ ।

Prabhu
Crest

साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट केशव प्रसाद भट्टराई, हेमन्त नहाटा, विशाल अग्रवाल र विवेक झालाई संचालक समिति सदस्य पदमा निर्वाचित गरेको छ । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट कृति टिवडेवाल र वीरेन्द्र बाबु श्रेष्ठलाई संचालक समिति सदस्यमा चयन गरेको छ ।

कम्पनीले गत मंसिर मसान्तसम्ममा देशभरका १३५ वटा शाखाबाट १ लाख २२ हजार ९७० वटा बीमालेख बिक्री गरिसकेको छ । त्यसैगरी बीमालेखको बिक्रीबाट २ अर्ब १ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा २९ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS