IME Life
Beema Board

सूर्या लाइफद्वारा मृत्यु दावी भुक्तानी, मृतकको बहिनीले पाइन २० लाख ४८ हजार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ ।

बीमित थापाले रु १० लाख बीमाङ्कको बीमा लिएको ६ महिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क बापतको रु. १० लाख, दुर्घटना सुविधा बापत रु. १० लाख र बोनस बापत रु. ४८,००० थप गरी एकमुष्ठ रु. २० लाख ४८ हजार बीमितले इच्छाएको व्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

स्व. बीमितको परिवारलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल मार्फत कम्पनी सचिव भरत के.सी., दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS