IME Life
Beema Board

एमडिआरटीको लक्ष्य पुरा गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । व्यवसायीक अभिकर्ताहरुको लागि अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जनको विषयसँग जोडिएको मिलियन डलर राउण्ड टेबल अन्तर्गत यस वर्षको अवधि आज अर्थात् डिसेम्बर ३१ मा सकिंदैछ ।

मिलियन डलर राउण्ड टेबल अन्तर्गत पहिलो खुड्किलो एमडिआरटी हो । सन् २०२१ को जनवरी देखि डिसेम्बरसम्म व्यवसाय ल्याएर शर्त पुरा गर्न सक्ने अभिकर्ताले सन् २०२२ को लागी एमडिआरटीको उपाधी प्राप्त गर्नेछन् ।

Prabhu
Crest

अंग्रेजी क्यालेण्डरको जनवरी प्रारम्भदेखि डिसेम्बर अन्त्यसम्ममा अभिकर्ताले हासिल गरेको व्यवसायीक लक्ष्यको आधारमा एमडिआरटी, सिओटी र टिओटी उपाधीबाट सम्मान गरिंदै आएको छ । व्यवसायीकरुपमा सकृय अभिकर्ताहरुलाई आज गर या मर भने झैं चुनौतीपूर्ण अवस्था छ ।

कतिपय अभिकर्ताहरुले तोकिएको व्यवसायीक लक्ष्य पुरा गरेर एमडिआरटीको लागी योग्यता हासिल गरिसकेका छन् । अधिकांश जीवन बीमा कम्पनीको आधिकारिक फेसबुक पेजभर केही दिनयता दैनिक ठूलो संख्यामा एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई बधाई तथा शुभकामनाको विज्ञापनहरु देख्न पाइन्छ ।

एमडिआरटी अन्तर्गत तीन तहको उपाधीको व्यवस्था रहेको छ । पहिलो तहमा ३५ लाख रुपैयाँ प्रथम बिमाशुल्क(प्रबिशु) आर्जन गर्न सफल अभिकर्तालाई एमडिआरटी, १ करोड ५ लाख रुपैयाँ प्रबिशु आर्जन गर्न सफललाई सिओटी र २ करोड ९ लाख नब्बे हजार रुपैयाँ (प्रबिशु) आर्जन गर्न सफललाई टिओटी उपाधी प्रदान गरिन्छ ।

एमडिआरटी उपाधीका लागि योग्य अभिकर्ताहरुलाई जीवन बीमा कम्पनीले ‘विशेष सम्मान समारोह’बीच सम्मान् गर्ने घोषणा गरेका कारण पनि प्रतिष्ठाको विषय बनेको छ ।

के हो एमडिआरटी ?

नेपालमा वर्षौंदेखि सकृय अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरु लायन्स क्लब, रोटरी क्लब, राउण्ड टेबल, जेसिजजस्तै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था हो मिलियन डलर राउण्ड टेबल ।

एमडिआरटी अर्थात् मिलियन डलर राउण्ड टेबल, अमेरिकामा मुख्यालय रहेको यो संस्था विश्वभरका व्यवसायीक अभिकर्ताहरुको प्रतिनिधिमूलक संस्था हो । सन् १९२७ मा स्थापना भएको यस संस्थाले प्रत्येक अंग्रेजी वर्षभरमा अभिकर्ताले व्यक्तिगतरुपमा आर्जन गर्नुपर्ने कमिशन, आय र प्रथम बिमाशुल्कको मापदण्डको आधारमा उपाधी प्रदान गर्दै आएको छ । साथै यसको सदस्यता शुल्क भुक्तानी गर्ने अभिकर्तालाई विश्वभरका अभिकर्ताहरुको सम्मेलनमा सहभागीताको निम्तो समेत गर्छ ।

व्यवसायीक दक्षता र व्यक्ति विकासको लागि संभावनाको ढोकाहरु खुल्ला गर्ने र अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहुँच पु¥याउन सुनौलो अवसर प्रदान गर्ने भएकोले पनि विशेषगरी डिसेम्बरको महिनामा एमडिआरटी भन्ने शब्द प्रायजसो व्यवसायीक अभिकर्ताको मनमस्तिष्कमा काउकुती लगाइ रहेको हुन्छ ।

एमडिआरटीको व्यवसायीक आचरणः

व्यवसायीक चरित्रलाई तिलाञ्जली दिएरै भएपनि बीमाशुल्क र कमिशन आयको लक्ष्य पुरा गर्ने ध्याउन्नमा रहने अभिकर्ताहरुलाई भने एमडिआरटीले खबरदारी गरेको छ । एमडिआरटीले सात बुँदे व्यवसायीक आचारसंहिता निर्धारण गरेको छ । आचारसंहितामा अभिकर्ताहरुलाई बीमितको हितलाई सर्वोपरि ठान्न, व्यवसायीक दक्षतालाई उच्चत्तम बनाई राख्न, गोप्यता कायम राख्न, बीमा प्रस्ताव फारममा बीमितबारे पूर्णरुपमा सत्यतथ्य सम्पूर्ण विवरण खुलाउन, व्यवसायीक आचरण कायम राख्न, कुनैपनि बीमा योजनाको कुनै पनि विकल्प बीमितको हितमा रहेको सुनिश्चित गर्न, बीमितको हितलाई महत्व दिन र कानून तथा विधिको पूर्ण पालना गर्र्न निर्देशन दिएको छ ।

एमडिआरटीको सदस्यता शुल्कः

एमडिआरटीको लागी ५ सय अमेरिकी डलर अर्थात् ६० हजार ६ सय रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्छ । त्यसैगरी सिओटीको लागी ६ सय अर्थात् ७२ हजार ७ सय रुपैयाँ र टिओटीको लागी १ हजार एक सय अमेरिकी डलर अर्थात १ लाख ३३ हजार रुपैयाँ सदस्यता शुल्क तिर्नुपर्छ । यो शुल्क बीमा कम्पनीले नभएर अभिकर्ता आफैंले तिर्नुपर्छ ।

एमडिआरटी योग्य भएपनि सदस्यता शुल्क,भिषा शुल्कसँगै आतिथ्यता गर्ने मुलुकबाट भिषा स्वीकृत नहुने जोखिम लगायतको कारणले गर्दा एमडिआरटीको वार्षिक सम्मेलनमा सहभागीता जनाउने अभिकर्ताहरुको संख्या भने ज्यादै नगण्य छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS