IME Life
Beema Board

सुस्तायो बैंकिङ प्रणाली, सातामा निक्षेप ४ अर्बले घट्दा कर्जा तीन अर्बले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणाली सुस्ताउन थालेको छ । लगभग नयाँ कर्जा प्रवाह हुनै सकेको छैन । प्रणालीमा निक्षेप बढ्ने भन्दा पनि घट्दो क्रम रोकिन सकेको छैन । गएको एक सातामा निक्षेप संकलन ४ अर्बले घट्दा कर्जा लगानी भने तीन अर्बले बढेको छ ।

Prabhu
Crest

बैंकहरुले नयाँ कर्जा माग्न आउनेलाई प्रतिवद्धता समेत दिन सकेका छैनन् । नयाँ कर्जा प्रवाह नहुँदा अर्थतन्त्र चलयामान हुन सकेको छैन । आयातका कारण निक्षेप घट्दो क्रममा छन् । विगतका वर्षमा जस्तो रेमिट्यान्स भित्रिन सकेको छैन । बैंकर तथा व्यवसायिका अनुसार नेपालको बैंकिङ प्रणालीमा अहिलेसम्म अहिलेको जस्तो अवस्था देखिएको थिएन । तरलता अभाव भयो भन्ने चर्चा हुने र प्रभाव पर्ने गरेको तर कर्जै ठप्प भएको थिएन । बैंकहरुले मागेकै दिनमा नदिए पनि केहि समय भित्रमा मागेको कर्जा दिने गरेका थिए । तर अहिले बैंकहरु कर्जा दिनै सक्ने अवस्थामा छैनन् । अझ कसैले ठुलो रकमको निक्षेप झिक्न आयो भने पनि बैंकहरु आत्तीनु पर्ने अवस्था छन् ।

लगभग अभिकाम्स बैंकहरुको सिडी रेसियो राष्ट्र बैंकले निर्देशन गरेको भन्दा माथि पुगिसकेको छ । गएको साता बैंकहरुको सिडी रेसियो ९१.३० प्रतिशत छ । यो भनेको प्राय बैंकहरु कर्जा प्रभाव गर्नै नसक्ने अवस्थामा पुगेको संकेत हो । त्यसैले गर्दा निक्षेप थोरै मात्रै बाहिरियो भने बैंकहरुको सिडी रेसियोमा प्रभाव पार्छ । यसले गर्दा ठुलो निक्षेप कर्जाले पैसा झिक्ने वित्तीकै बैंकहरु आत्तीनु पर्ने अवस्था शिर्जना भएको हो । पुस ९ गतेसम्मको अवधिमा बाणिज्य बैंकहरुले ४२ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS