IME Life
Beema Board

जोखिममा आधारित पूँजी कायम गर्न बीमा कम्पनीहरुका सिइओहरुको प्रतिवद्धता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले विश्व बैंकको सहकार्यमा सम्पुर्ण बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु सँग जोखिममा आधारित पूँजीका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी तथा नायव प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो ।

विश्व बैंकले रिस्क वेस क्यापिटलको विषयमा प्रस्तुतिकरण दिएको थियो । साथै नेपालमा पनि यस्तो व्यवस्थाको आवस्यकता रहेको भन्दै कार्यान्वयनका लागि अनुरोध गरेको थियो । सहभागी प्रमुख कार्यकारी अधिकृतहरुले कम्पनीहरुमा यस सम्बन्धमा हेर्ने दक्ष जनशक्तिको अभाव भएको भन्दै विश्व बैंक सँग प्राविधिक सहयोगका लागि अनुरोध गरेका थिए । विश्व बैंक र बीमा समितिले आवस्यक सहयोग तथा समन्वय गरेका खण्डमा यस्तो नीतिलाई लागु गर्न तयार भएको उनिहरुको भनाइ थियो ।

Prabhu
Crest

बीमा कम्पनीहरुको प्रकृति अन्य बैंक तथा वित्तीय संस्थाहरुको जस्तो नभई फरक किसिमको भएको हुँदा बीमितहरुको हितलाई सुरक्षित गर्नको लागी बीमा कम्पनीहरुले बहन गरेको जोखिममा आधारित पूँजी र पूँजी कोष हुनुपर्ने अवधारणा अनुरुप ‘रिस्क बेस्ड क्यापिटल’ निर्धारणका लागि अध्ययन सुरु गरिरहेको छ ।

कम्पनीहरुले लिएको दायित्वलाई आफु सँग भएको पूँजीले कतिसम्म धान्न सक्छ भन्ने गणना विधि नै जोखिममा आधारित पूँजी हो । नियामक नियकाले निर्देशन गरेको पूँजीले कम्पनीहरुलाई प्रयाप्त कुशन प्रदान गर्न नसक्ने भएकाले जोखिममा आधारित पूँजीको आवस्यक पर्छ । पूँजीकोष प्रर्याप्त नहुँदा कम्पनीहरुले थप व्यवसाय विस्तार गर्न सक्दैनन् ।

हाल बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि न्युनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि एक अर्ब तोकेको छ । यस्तो पूँजी कतिपय कम्पनीहरुका लागि प्रयाप्त छैन भने कतिपय कम्पनीहरुलाई बढि भैरहेको छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीको आ-आफ्नै किसिमको जोखिम रहेको हुन्छ । कम्पनीले कस्तो किसिमको जोखिम बहन गरेको छ त्यहि आधारमा पूँजी कायम गर्न सक्नु पर्छ । जखिममा आधारित पूँजी गणना गर्दा सम्पत्तीको जोखिम, अण्डराइटिङ जोखिम र अन्य जोखिमलाई हेरिन्छ । कतिपय अवस्थामा जीवन बीमा कम्पनीहरुका लागि व्याजदरको जोखिमलाई पनि हेरिन्छ ।

बीमा समितिले सरोकारवालाहरुसँगको अन्तर्क्रियाबाट प्राप्त राय सुझावको आधारमा यस सम्बन्धमा आवश्यक नीति नियम तय गर्नेछ ।  बीमा समितिले विश्व बैंक सँगको सहकार्यमा जोखिममा आधारित पूँजीका विषयमा अध्ययन गरिरहेको छ । विश्व बैंक र समिति विचमा धेरै पटक छलफल तथा अन्तर्क्रिया हुँदै आएकोमा आज बीमा कम्पनीहरु सँग पनि छलफल गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS