IME Life
Beema Board

बीमा समितिले यस वर्षलाई ‘दाबी भुक्तानी वर्ष’को रुपमा मनाउने, ३० अर्बको बाँकी दाबी भुक्तानी होला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले यस वर्षलाई दाबी भुक्तानी वर्षको रुपमा मनाउने भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बुधबार नेको इन्स्योरेन्स कम्पनीको ‘बीमा भवन’ उद्घाटन गर्ने क्रममा यस वर्ष दाबी भुक्तानीको वर्षको रुपमा मनाउन खोजिरहेको बताएका हुन् । उनले भने ‘कम्पनीहरुले कहाँ कहाँ कति कति दाबी भुक्तानी गर्न बाँकी छ भन्ने लेखाजोखा गर्ने तथा छलफल गर्ने काम भइरहेको छ ।’

यसका लागि समितिले दाबी भुक्तानीको अवस्था हेरेर कम्पनीहरुलाई निर्देशन दिदै आएको छ । यसै क्रममा कम्पनीका दाबी भुक्तानी समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएरै स्पष्टीकरण सोध्ने काम भइरहेको उनले जानकारी दिएका थिए ।

Prabhu
Crest

समितिले केहि समयदेखि धेरै दाबी भुक्तानी गर्न बाँकी देखिएका कम्पनीलाई प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउदै आइरहेको छ । बीमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक, निर्देशक तथा अन्य कर्मचारीहरुको रोहवरमा कम्पनीहरुलाई स्पष्टिकरण सोध्ने काम भइरहेको छ ।

पछिल्लो सार्वजनिक विवरण अनुसार बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँ भन्दा धेरै दाबी भुक्तानी गर्न बाँकी छ । बीमा कम्पनीहरुले वर्षौदेखि दाबी भुक्तानी गरिरहेका छैनन् । कम्पनीहरुले समयमा दाबी भुक्तानी नगर्दा बीमितहरुको कम्पनीमा आउने जाने क्रममै दाबी बराबरकै रकम खर्च हुने गरेको अध्यक्ष सिलवालले बताए ।

बीमित सँग पैसा लिए पछि कम्पनीले दाबी भुक्तानी गर्ने पर्ने हुन्छ, सलवालले भने ‘भोलिका दिनमा भवित्व पर्यो भने कसरी दाबी भुक्तानी गर्ने भन्ने किसिमका मेकानिजम बनाउन जरुरी छ ।’ सर्वसाधारणले विश्वासले आशाले बीमा गरेको हुन्छ तर कम्पनीले सर्भेयरले रिपोर्ट दिएन, कागजपत्र पुगेन भन्ने जस्ता ५० बहाना बनाएर रोक्न हुँदैन । कतिपय बीमितहरुले दाबीको प्रकृयाँ पुरा गर्ने क्रममा दिक्क भएरै त्याग्ने गरेको अध्यक्ष सिलवालले बताए । उनले भने ‘हाम्रो विश्वसनियताका लागि यो पक्कै पनि राम्रो कुरा होइन ।’

अवका दिनमा बीमितको कम्पनीप्रतिको धारणा के छ भन्ने कुरा थाहा पाउन जरुरी रहेको सिलवालको धारणा रहेको छ । उनले भने ‘कम्पनी प्रति बीमितहरु कित्तीको सन्त्रुष्ट छन् छैनन् भन्ने थाहा पाउनका लागी हाम्रो सर्भे हुन जरुरी छ ।’

बीमा समितिका अध्यक्षले यस वर्षलाई दाबी भुक्तानीको वर्ष मनाउने घोषणा गर्दै गर्दा अहिले कोरोना बीमा बापत नै ११ अर्ब भन्दा धेरै दाबी भुक्तानी हुन बाँकी छ । अर्को तर्फ बीमा कम्पनीहरुले नियमित रुपमै दाबी भुक्तानी गरिरहेका छैनन् । कम्पनीहरुले सानो सानो कारण देखाएर दाबी भुक्तानी गरिरहेका छैनन् ।

दाबी भुक्तानी नहुँनुमा बीमा कम्पनीहरुको गलत अभ्यास र मनासय नै सबैभन्दा धेरै घातक हुँदै आएको छ । जति धेरै दाबी भुक्तानीमा ढिला गर्यो त्यस बापतको रकमबाट कम्पनीले विविध लाभ लिने सक्ने मानसिकताले नै बीमितले दुख पाउदै आइरहेका छन् । सानो सानो कुरामा बीमितलाई चिड्याउदा उनिहरु बीमा समितिमा उजुरी हाल्न बाध्य छन् । बीमा समितिले पनि उनिहरुको मुद्दालाई वर्षौदेखि समाधान गर्न सकेको छैन । कम्पनीले थोरै मात्रै कन्सिडर गरिदिदा बिवाद टुङ्गिने अवस्थामा पनि समितिमा मुद्दा आइरहेको समितिका एक अधिकारीले जानकारी दिए ।

बीमा क्षेत्रमा अहिलेको जल्दोबल्दो समस्या भनेकै दाबी भुक्तानी हो । बीमा गर्न जति सजिलो छ दाबी भुक्तानी पाउन त्यो भन्दा कयौ गुणा गाह्रो छ । समितिले स्थानीय तहमा बीमा सम्बन्धी कार्यक्रम गर्दा अधिकाम्स सहभागीहरुको पहिलो प्रश्न नै दाबी भुक्तानीको विषयमा हुन्छ । हरेकको मुखमा कम्पनीले दाबी भुक्तानी गरेन बाहेक अन्य कुराहरु सुन्न पाइदैनन् । यसले गर्दा बीमा कम्पनीहरुलाई समितिले दवाव दिनु पर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS