SKIP THIS

GBIME
IME Life
Beema Board

समितिले ‘दर’ तोकिदिएसँगै इन्जिनियरिङ बीमा ६७ प्रतिशतले बृद्धि, बजार हिस्सा १२ प्रतिशत पुग्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले इन्जिनियरिङ बीमाको लागि न्युनतम ‘ट्यारिफ रेट’ तोकिदिएसँगै ६७ प्रतिशतले बीमा शुल्क बढेको छ । बीमा समितिले असोज पहिलो साता नन ट्यारिफ व्यवसायको न्युनतम दर निर्धाण गरिदिएको थियो ।

निर्माण व्यवसाय ‘ठेकेदार’हरुले हाइड्रोपावर, सडक, आवासिय तथा व्यवसायिक भवन अफिस, स्कुल, विश्वविद्यालय, होटल, रेष्टुरेन्ट, हस्पिटल, एयरपोर्ट, भवन लगायतको बीमा गर्दा एकदमै न्युनतम दरमा बीमा गर्ने प्रचलन थियो । कतिपय अवस्थामा बीमा कम्पनीहरुले सित्तैमा बीमा गर्नेसम्मको अवस्था थियो । एउटाको व्यवसाय अर्कोले खोस्नेदेखि लिएर टार्गेट पुरा भएको देखाउन समेत यसलाई माध्यम बनाइएको थियो । जसले गर्दा यस्ता विजनेसहरु पुनर्बीमा समेत गर्न नपुग्ने शुल्कमा भैइरहेको थियो ।

Prabhu
Crest

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ९ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेका छन् । जस मध्ये इन्जिनियरिङ बीमा मार्फत एक अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस आधारमा इन्जिनियरिङ बीमा व्यवसायको बजार हिस्सा १२ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । इन्जिनियरिङ व्यवसाय मार्फत ६७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । जसको बजार हिस्सा ८ प्रतिशत थियो ।

अन्य व्यवसायमा खासै सुधार देखिदैन । तर यस वर्ष इन्जिनियरिङ सँगै मोटर बीमाको व्यवसायमा पनि सुधार भएको छ । तीन महिनाको अवधिमा कम्पनीहरुले मोटर बीमा मार्फत तीन अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेका छन् । जसको बजार हिस्सा ३९ प्रतिशत छ । गत वर्ष मोटर बीमाको बजार हिस्सा ३७ प्रतिशत थियो ।

कुन क्षेत्रमा कति

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS