IME Life

बीमा कम्पनीका लगानीकर्ताहरुले समितिका अध्यक्षलाई भेट गर्दै, निर्देशन फिर्ता लिन आग्रह गर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीका लगानीकर्ताहरुको विभिन्न संघ संघठनका प्रतिनिधिहरुले पुनर्बीमाको निर्देशनको विषयलाई लिएर समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई भेट्ने भएका छन् । नेपाल चेम्बर अफ कमर्स, सिएनआई, जीवन तथा निर्जीवन बीमा कम्पनीका अध्यक्षहरु तथा सञ्चालकहरुले भेट्ने भएका हुन् । उनिहरुले आजै भेट्ने योजना बनाएका थिए । तर अध्यक्ष सिलवाल हेटौडमा गएका कारण भेट हुन सकेन ।

सकेसम्म भोलि अध्यक्ष सिलवाल सँग भेट गर्ने योजना बनाएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनिहरुले बीमा समितिका अध्यक्षको राय लिएर मात्रै आफ्नो विरोध कार्यक्रम अगाडी बढाउने योजना बनाएका छन् । उनिहरुले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई यस पोलिसीले पार्ने प्रभावका विषयमा अध्ययन गरेर विवरण पेश गर्न समेत निर्देशन दिएका छन् ।

Prabhu
Crest

प्रमुख कार्यकारी अधिकृतहरुको राय सुझावका आधारमा उनिहरुले सर्वप्रथम बीमा समितिलाई पोलिसी फिर्ता गर्न लगाउने योजना बनाएका छन् । यदि समितिले आफुहरुको अनुरोध सुनुवाइ गरेन भने मात्रै अन्य बाटोहरु अपनाउने मल्लले जानकारी दिए । उनिहरुले प्राविधिक पक्षबाट समितिलाई बुझाउने प्रयास गर्ने भएका हुन् ।

बीमा जोखिमको व्यवसाय हो । त्यसमा पनि पुनर्बीमा जस्तो अत्याधिक जोखिमको व्यवसाय नेपाली पुनर्बीमा कम्पनीहरु मात्रै गर्न लगाउनु आफैमा जोखिमपुर्ण रहेको उनको तर्क छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्रले समेत आफ्नो जोखिम पुनर्बीमा व्यवसाय मार्फत बाहिर पठाउछ भने नेपालले नेपालमै जोखिम राख्नु आफैमा जोखिमयुक्त रहेको उनको तर्क छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS