IME Life
Beema Board

आइपिओ आउन लागेका जीवन बीमा कम्पनीलाई नाफा, व्यापार र आधारभूत औजारले दाँजेर हेर्दा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । चार वर्ष अगाडी १० नयाँ जीवन बीमा कम्पनीहरुले अनुमति पाए सँगै ज्योति लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, युनियन लाइफ र प्रभु लाइफले आइपीओ निस्काशन गरेको अवस्थामा अझै ५ जीवन बीमा कम्पनीहरुले निकट भविष्यमा आइपीओ निस्काशन गर्ने छन्।

सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ , आइएमई लाईफ, सन नेपाल लाइफ र  महालक्ष्मी लाइफले चाडैं आईपीओ निस्काशन गर्दै छन्।

Prabhu
Crest

५ जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा :

चुक्ता  पुँजीको आधारमा : 
५ कम्पनी मध्ये सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी सर्वाधिक १ अर्ब ७५ करोड  छ भने अरु बाँकी ४  जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब ४० करोड छ। बीमा समितिको अनुसार जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी २ अर्ब हुनु पर्छ ।

 जगेडा कोषको आधारमा :
५ कम्पनी मध्ये रिलायबल नेपाल लाइफको जगेडा कोषमा सर्वाधिक ९१ करोड ०६ लाख रहेको छ भने महालक्ष्मी लाइफको सबै भन्दा कम २० करोड ८९ लाख रहेको छ।

जीवन बीमा कोषको आधारमा :
५ कम्पनी मध्ये सिटिजन लाइफको जीवन बीमा कोषमा सर्वाधिक ४ अर्ब २४ करोड रहेको छ भने महालक्ष्मी लाइफको सबै भन्दा कम १ अर्ब ५३ करोड रहेको छ।

व्यापारको आधारमा :
सिटिजन लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमास (३ महिना)को अवधिमा १ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाइफले ३२ करोड मात्र खुद बीमा शुल्क आर्जन गरेको छ।

नाफाको आधारमा :
रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमास (३ महिना)को अवधिमा  ७ करोड ४५ लाख खुद नाफा गरेको छ भने महालक्ष्मी लाइफले २ करोड ५४ लाख खुद नाफा गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS