IME Life
Beema Board

प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ५ %ले बढ्यो, नाफा ८ करोड १५ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश उपसूचकमा सामान्य प्रगति गरेको छ ।

१ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४३ करोड ३१ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३६ करोड ३ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा ८७ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७१ करोड १९ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । गत आर्थिक वर्षमा २४ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमाससम्ममा २५ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ दशमलव ५२ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद नाफा ८ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९० लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ३ प्रतिशतले बढी हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ९ करोड ३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी २ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३० रुपैयाँ ३५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२६ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS