IME Life
Beema Board

बीमा कम्पनीहरुलाई समयमा दाबी भुक्तानी गर्न नेपाल पुनर्बीमाका अध्यक्ष घिमिरेको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नव नियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले स्वदेशी बीमा कम्पनीहरुलाई तिर्न बाँकी दाबी रकम समयमा भुक्तानी गर्न निर्देशन दिएका छन् । उनले दाबी भुक्तानी छिटो, छरितो र सरल तरिकाले गर्न कम्पनीका उच्च व्यवस्थापनलाई निर्देशन दिएका हुन् ।

अहिले निजी स्तरबाट समेत पुनर्बीमा कम्पनी स्थापना भइसकेकाले प्रतिस्पर्धा बढेको भन्दै यस्तो निर्देशन दिएका हुन् । बीमा समितिले केहि समय अगाडी निजी स्तरको पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिएको थियो । कम्पनीले पुनर्बीमा व्यवसाय सुरुवात गरिसकेको छ । उक्त कम्पनीको पनि पहिलो बजार नेपाली बीमा कम्पनीहरु नै भएकाले सहज र सरल तरिकाले सेवा दिनु पर्ने बाध्यता छ ।

Prabhu
Crest

नेपाल सरकारले  रेट्रोसेसन मार्फत नेपालको पुनर्बीमा व्यवसायको २० प्रतिशत व्यवसाय सुनिश्चित गरिदिएको छ । यदि यस कम्पनीले समयमा राम्रो सेवा सुविधा दिन सकेन भने अल्टरनेटिभ कम्पनी आइसकेको हुँदा चनाखो हुनु पर्ने देखिएको हो ।

अर्को तर्फ नेपाली बीमा कम्पनीहरुलाई नै समयमा दाबी भुक्तानी गर्न सकेन भने विदेशबाट ल्याउने व्यवसायमा विश्वसनियता गुम्ने डर रहन्छ । नेपाल पुनर्बीमा कम्पनीले अहिले नेपाली बीमा कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौदा रकम चुलिएको छ । समयमा दाबी भुक्तानी हुन नसक्दा यस्तो रकम हरेक महिनामा थपिने क्रम पनि बढ्दो छ ।

कम्पनीमा अहिले भएको सफ्टवेयरलाई विस्थापित गर्दै विदेशी अत्याधुनिक सफ्टवेयर ल्याउने काम पनि भइरहेको छ । नेपाल पुनर्बीमा कम्पनीले पहिलाको जस्तो सेवा सुविधा दिएर अवका दिनमा चल्न गाह्रो छ । गएका वर्षमा एकछत्र व्यवसाय गर्दै आइरहेकोमा अव नेपालकै अर्को पुनर्बीमा कम्पनी सँग पनि प्रतिस्पर्धा गर्नु पर्ने अवस्था आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS