IME Life
Beema Board

सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ विगत ५ वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये युनिलिभर नेपालको शेयर मूल्य सबैभन्दा महंगो रहेको छ । हाल कम्पनीको बजार मूल्य प्रति कित्ता  २० हजार रुपैयाँको हाराहारीमा रहेको छ । कुनै वेला यो कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६ हजार रुपैयाँ भन्दा धेरै थियो ।

यो कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै हुनुमा धेरै कारणहरु छन् । यसले हरेक वर्ष वितरण गर्ने आकर्षक मुनाफा पहिलो कारण हो । दोस्रो यो कारण यस कम्पनीको शेयर सप्लाइ एकदमै कम छ त्यसमा पनि अधिकांश  शेयर निश्चित शेयरधनीहरुले होल्ड गरेर राखेका छन् । थोरै कित्ता मात्रै दोस्रो बजारमा खरिद बिक्री हुने भएकाले पनि बजार मूल्य सर्वाधिक धेरै रहन सफल भएको हो ।

Prabhu
Crest

अन्य सूचिकृत कम्पनीहरुले बोनश शेयर वितरण गरेर लगानीकर्ताहरुलाई आकर्षित गर्दै गर्दा यस कम्पनीले पूँजीलाई भन्दा पनि नगद लाभांशलाई जोड दिदै आएको छ । गएको वर्ष र यस वर्ष कोभिड १९ का कारण साधारणसभामा ढिलाइ भयो । प्राय यस कम्पनीले  दशै तिहार अगाडी साधारणसभा सम्पन्न गर्ने गरेको पाइन्छ । दशै तिहार अगाडी नै साधारणसभा गर्ने भएकाले यस कम्पनीका शेयरधनीहरुले दशै तिहारका लागि खर्च जोहो गर्ने गरेको पाइन्छ । यसका कतिपय शेयरधनीहरुले प्राप्त नगद लाभांशबाटै घरखर्च समेत जोहो गर्ने गरेको पाइन्छ ।

विगत वर्ष वर्षको अवधिमा कम्पनीले वितरण गरेको लाभांशलाई हेर्ने हो भने आर्थिक वर्ष २०७३/७४ मा सर्वाधिक धेरै १२७० प्रतिशत नगद लाभांश दिएको पाइन्छ । यस वर्ष कम्पनीले २५ वर्ष पुरा भएको अवसरमा आकर्षक लाभांश दिएको थियो । कोभिड १९ को प्रभावका बावजुत पनि कम्पनीले यस वर्ष ६५० प्रतिशत नगद लाभांश दिएको छ । तर गत वर्ष कम्पनीले इतिहासकै सर्वाधिक कम १०० प्रतिशत लाभांश दिदा शेयर मूल्यमा भारि गिरावट आएको थियो ।

कम्पनीले विगत ५ वर्षमा वितरण गरेको लाभांश

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS