SKIP THIS

GBIME
IME Life
Beema Board

हकप्रद शेयर जारी गर्नको लागि नेपाल पूनर्बीमा कम्पनीले गरायो रेटिङ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको नेपाल पूनर्बीमा कम्पनीले इक्रा नेपालबाट क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको प्रेस विज्ञप्ती अनुसार नेपाल पूनर्बीमा कम्पनीले शेयर जारीकर्ता कम्पनीको रुपमा इक्रा एनपि आइआर डबल एए माइनस रेटिङ पाएको छ ।

यस्तो रेटिङले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाएको संस्थाको ज्यादै न्यून कर्जा जोखिम रहेको हुन्छ ।

Prabhu
Crest

१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल पूनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत स्वामित्व रहेको छ । त्यसैगरी १७ पूनर्बीमा कम्पनीको २७ प्रतिशत र आठवटा जीवन बीमा कम्पनीको ६ प्रतिशत लगानी रहेको छ ।

कम्पनीको गत आ।व।मा सोल्भेन्सी २.५ गुणा रहेको छ । स्वदेशी बीमकले कूल पूनर्बीमको २० प्रतिशत व्यवसाय अनिवार्यरुपमा नेपाल पूनर्बीमा कम्पनीमा गर्नुपर्ने प्रावधान रहेकोले व्यवसाय बिस्तार, मुनाफाको दृष्टीकोणले यो नेपाल पूनर्बीमाको लागी बलियो पक्ष हो ।

पछिल्लो तीन वर्षयताको कम्पनीको लगानीमाथिको औसत प्रतिफल ८ प्रतिशत र सम्पत्ति माथिको औसत प्रतिफल ७ प्रतिशत हाराहारीमा रहेको छ ।

कूल बीमा व्यवसायको ७१ प्रतिशत हिस्सा स्वदेशी बीमकहरुमै निर्भर रहेको हुँदा नेपाल पूनर्बीमाको लागी यो एउटा चुनौती रहेको इक्रा नेपालले उल्लेख गरेको छ । त्यस्तै कूल बीमाशुल्क आम्दानीको १९ प्रतिशत विदेशी बीमक र पूनर्बीमकबाट प्राप्त गरेको छ । विदेशबाट प्राप्त आम्दानीमध्ये अधिकांश वैश्विक पूनर्बीमा कम्पनीको अगुवाईमा भएको ट्रिटी पूनर्बीमामार्फत् भएको आम्दानीको हिस्सा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS