IME Life
Beema Board

धनन्वतरी दिवसमा भित्र्याएको धन!

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । धनन्वतरी दिवसको शुभ अवसर पारेर यसपाला चाँदी कै सिक्का भए पनि किन्नु पर्छ है भन्दै श्रीमति ज्यू गन गन गर्दै हुनुहुन्छ । श्रीमानको सीमित आम्दानीको आभाष गरेकी उनले चाँदीकै सिक्का भए पनि जोड्ने ईच्छा गरेको झण्डै चार वर्ष भयो ।

म चाहिँ मिसावट उच्च भएको चाँदीको सिक्का थुपारेर पैसाको मात्र नाश किन ? भन्दै उनलाई प्रतिप्रश्न गर्छु र टार्ने प्रयास गर्छु । यो प्रसंग आज भन्दा करिब सात वर्ष अघिको हो । सामान्य आर्थिक हैसियतको हामी चाँदीकै गहना वा सिक्का जोड्न पनि वर्षदिनमा एक पटक आइपुग्ने धनवन्तरी दिवस कुरेर बस्नुपर्ने अवस्थामा थियौं । आँगनमै आइसकेको तिहारको खर्च व्यवस्थापन गर्नको लागी चाँदीका सिक्का किन्ने चाहनाहरुलाई पन्छ्याउँदै कुचो किनेरै खुशी घर भित्र्याउँथ्यौं ।

Prabhu
Crest

धनवन्तरी दिवसको पारेर सुन,चाँदी नै किन्न नसके पनि हाम्रो परिवारको एक मात्र सन्तानको रुपमा रहेकी छोरीको उज्वल भविष्यको लागी जीवन बीमा गर्नुपर्छ भन्ने सोंच पलायो । छोरी जन्मे लगत्तै जीवन बीमा गर्ने चाहना हुँदा हुँदै पनि आर्थिक श्रोतको व्यवस्थापन गर्न कठिनाईले गर्दा दिनहरु बित्दै गर्दा छोरीको जीवन बीमा गर्ने योजना पनि धकेलिंदै गएको थियो । तर दिनहरु बित्दै गर्दा छोरी हुर्किंदै जान थालि भन्ने बोधले अभिभावकत्वमा आफू कतै चुक्ने त होइन भन्ने चिन्ताले पिरोल्यो । तीन महिना अघि मात्रै छोरी चौथो वर्षमा पाइला टेकेकी थिइन् । जे पर्ला पर्ला भनेर छोरीका लागी पाँच लाख रुपैयाँ बीमांकको जीवन बीमा गरिदिन श्रीमति ज्यूलाई सहमत गराएँ ।

सामान्य कमाईबाट जोगाएर राखेको केही वर्षदेखिको बचतबाट बीमाको पहिलो किस्ता वापतको रकम तिर्न पर्याप्त थियो,तिरियो । यो सँगसँगै दोश्रो वर्षदेखि कसरी बीमाशुल्क तिर्ने भन्ने चिन्ता पनि थियो । तर त आँट म पु¥याउँछु भने झैं दुई वटा किस्ता तिर्र्न ढिला भए पनि प्रायः किस्ताहरु नियमित समयमै तिर्न सकेको छु । मेरी छोरी अहिले ११ वर्षकी भइसकेकी छिन् । दशैं,तिहार, जन्म दिनको साथै अन्य कुनै पर्वको अवसरमा छोरीले पाउने दक्षिणाको पैसा उसकै बीमाशुल्क किस्ता तिर्नको लागी जम्मा गरिदिन्छौं ।

वर्षको अन्त्यमा अपुग रकम थपेर किस्ता तिर्ने योजना अनुसार शुरु गरेको प्रयासले अहिले निरन्तरता पाएको छ । लक्ष्मी भित्र्याउने शुभ साइतको रुपमा धनन्वतरी दिवसको अवसर पारेर बाँकी दुनियाँले बहुमूल्य धातु किन्ने योजना बुन्दै गर्दा म चाहिँ छोरीको जीवन बीमाको किस्ता तिर्ने तारतम्य मिलाउँदै छु ।

(वास्तविकतामा आधारित)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS