IME Life
Beema Board

बाणिज्य बैंकहरुको मुनाफा २३ प्रतिशतले बढ्यो, कुन बैंकको कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्तरका २७ बाणिज्य बैंकहरुको मुनाफा २३.०४ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमाशिक अवधिमा २७ बाणिज्य बैंकले १८ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा बाणिज्य बैंकहरुको मुनाफा १४ अर्ब ६२ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

यस वर्ष सर्वाधिक धेरै एनआईसी एशियाले एक अर्ब १८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गएका वर्षमा कर्जा लगानी र निक्षेप संकलनमा अन्य बैंकलाई उछिन्दै आएको एनआईसी एशियाले यस वर्षदेखि मुनाफामा पनि उछिनेको छ । कहिले राष्ट्रिय बाणिज्य बैंक, कहिले नविल बैंक त कहिले नेपाल इन्भेष्टमेन्ट बैंक मुनाफामा एक नम्बरमा रहदै आएकोमा यस वर्षदेखि एनआईसी एशिया पहिलो भएको हो ।

दोस्रो नम्बरमा रहेको नविल बैंकले भने एक अर्ब ११ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको भन्दा ७.३९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंक भने थोरैले मात्रै तेस्रो भएको छ । बैंकले पनि एक अर्ब ११ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

चौथो धेरै मुनाफा आर्जन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । बैंकले २६ प्रतिशतले मुनाफा बढाउदै एक अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ । श्रेणीका हिसावले सधै तल रहने एनएमबी बैंक एस पटक भने पाँचौ नम्बरमा उक्लिएको छ साथमा अर्ब पति भएर । बैंकले एक अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

प्रतिशतका हिसावले सबैभन्दा राम्रो सुधार गर्नेमा यस पटक सिभिल बैंक रहेको छ । बैंकले यस वर्ष २०१ प्रतिशतले नाफा बढाएको छ । सधै अन्तिममा रहने सिभिल यस पटक भने तीन तह माथि उक्लिएको छ । यस वर्ष सबैभन्दा तल बैंक अफ काठमाण्डू रहेको छ । बैंकको मुनाफा ५ प्रतिशतले बढेर २५ करोड ३४ लाख रुपैयाँमा सिमित भएको छ ।

समग्र बैंकिङ क्षेत्रको मुनाफा २३ प्रतिशतले बृद्धि हुँदा नेपाल बंगलादेश बैंकको भने २७ प्रतिशतले घटेको छ । शेयर बिक्री गरेर गत वर्ष नाफा देखाएको बैंकले यस वर्ष भने खासै नाफा गर्न सकेन । मुनाफा २७ प्रतिशतले घटेर ४१ करोड १६ लाख रुपैयाँमा समिति भएको छ । प्रभु बैंकको पनि यस वर्ष २५ प्रतिशतले मुनाफामा गिरावट देखिएको छ । यस वर्ष कुमारी र प्राइम कमर्सियल बैंकको मुनाफामा पनि राम्रो गिरावट आएको देखिन्छ । यस वर्ष कमजोर देखिएका बैंकहरुले राम्रो नाफा गरेका छन् भने बलिया भनिएका बैंकहरुको भने खासै सुधार देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS