IME Life
Beema Board

नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए शपथ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नव नियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएका छन् । कार्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैंठकले घिमिरेलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा बीमा कम्पनीका दुई सञ्चालक मदन पोखरेल र नवराज मुडवारीको उपस्थिति थियो । त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीको उपस्थिति थियो । कम्पनी सचिव विष्णु प्रसाद

Prabhu
Crest

बीमामा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्यापक हुन् । बीमा समितिको अध्यक्ष पदका लागि दुई पटक प्रयास गरेका घिमिरेलाई अन्तत सरकारले पुनर्बीमाको अध्यक्षको जिम्मेवारी दिएको छ । बीमा क्षेत्रमा राम्रो ज्ञान भएका घिमिरेले समय समयमा लेख तथा विश्लेषण सार्वजनिक गर्दै आइरहेका छन् । पुनर्बीमाको क्षेत्रमा पनि राम्रो ज्ञान भएका घिमिरेले नेपाल पुनर्बीमालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

शपथ ग्रहण कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवालले बीमा उद्योगमा बीमा क्षेत्रकै बिज्ञको प्रवेश भएको भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए । नव नियुक्त अध्यक्ष घिमिरेले बधाई ज्ञापन गर्दै आफ्नो अध्ययन अनुभव र क्षमताले भ्याएसम्म उत्कृष्ठ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसका लागि बीमा समितिको साथ र सहयोगको अपेक्षा गरेको उल्लेख गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS