SKIP THIS

GBIME
IME Life
Beema Board

बैदेशिक रोजगार बीमालेखको दायित्व २०७९ साउनदेखि सबै कम्पनीलाई बराबर, एउटाको भागमा ५.८८२ प्रतिशत  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेखको दायित्व आगामी २०७९ साउन एक गतेदेखि बराबर बहन गर्ने सहमिति गरेका छन् । जीवन बीमक संघको संयोजकत्वमा यस्तो सहमति भएको हो । पुल मार्फत हुँदै आएको यो व्यवसाय आगामी आर्थिक वर्षदेखि नयाँ पुराना सबै बीमा कम्पनीहरुले समान हिसावले दायित्व बहन गर्ने सहमति गरेका हुन् ।

बीमा समितिले कम्पनीहरुलाई एक आपसमा सहमति गरेर आउन निर्देशन दिए पछि यस्तो सहमति भएको हो । तीन वर्ष अगाडि बीमा कम्पनीहरुको बजार हिस्साका आधारमा पुल मार्फत सञ्चालन भइरहेको यो व्यवसाय आगामी वर्षदेखि सबैले समान हिसावले पाउने भएका हुन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले २०७५ माघ एक गतेदेखि पुल मार्फत  बैदेशिक रोजगार बीमालेख जारी गर्दै आइरहेका छन् । सुरुको वर्षमा बजार हिस्सा अनुसार बहन गर्ने र विस्तारै तीन वर्षको अवधिमा सबैको समान हिस्सा कायम गर्ने सहमति भएको थियो ।

तत्कालिन समयमा यस्तो बीमालेख सबैभन्दा धेरै नेशनल लाइफले जारी गर्ने गरेको थियो । कम्पनीको बजार हिस्सालाई हेर्दै पुलले सुरुको वर्षमा १९ प्रतिशत व्यवसाय दिएकोमा आगामी वर्षदेखि ५.८८२ प्रतिशतमा खुम्चिने भएको छ । पहिलो वर्षमा १९ प्रतिशत, दोस्रो वर्षमा १५ प्रतिशत र अहिले १०.७४१ प्रतिशत रहेको छ ।

यस अवधिमा नयाँ आएका जीवन बीमा कम्पनीहरुलाई सबैभन्दा फाइदा भएको छ । एक प्रतिशत पनि हिस्सा नभएका नयाँ जीवन बीमा कम्पनीले अहिले ४.१९१ प्रतिशत व्यवसाय पाइरहेका छन् । आगामी वर्षदेखि उनिहरुले पनि ५.८८२ प्रतिशत पाउने छन् ।

सर्वाधिक धेरै हिस्सा रहेका प्राइम लाइफ, नेपाल लाइफ, सूर्या लाइफ, युनियन लाइफ लगायतलाई भने केहि घाटा भएको छ । हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफले पुलको व्यवस्थापन गरिरहेका छन् ।

पुल जारी हुनु भन्दा यस क्षेत्रमा चरम विकृति थियो । यसैलाई नियन्त्रण गर्न बीमा समितिले पुल मार्फत सबै बीमा कम्पनीहरुको सहभागिता रहने गरी बीमा पोलिसी जारी गर्दै आइरहेको छ । पुल बन्नु भन्दा पहिला एजेन्टहरु कमिसनका लागि बाटो बाटोमा बसेर वैदेशिक रोजागारमा जाने व्यक्तिलाई तानातान गर्ने प्रवृत्ती थियो ।

कुन कम्पनीको हिस्सा कति  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS