IME Life
Beema Board

साढे तीन महिनामै निक्षेप तथा कर्जा सुरक्षण कोषको लगानी झण्डै ८ अर्ब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले चालू आर्थिक वर्षको साढे तीन महिनामा मुद्दती निक्षेपमा लगानी झण्डै ८ अर्ब रुपैयाँ पुगेको छ ।

कोषले प्रकाशन गरेको मुद्दति निक्षेप लगानी सम्बन्धी सूचना अनुसार मुद्दति निक्षेपको लगानी चालू आ.व. ७८।७९ मा कात्तिक ११ गतेसम्ममा ७ अर्ब ९२ करोड रुपैयाँ पुग्ने भएको हो । कोषले कात्तिक ७ गतेको लागी ३५ करोड र कात्तिक ११ गतेको लागी ५० करोड रुपैयाँ लगानी(निक्षेप) गर्न बोलपत्र समेत आह्वान गरेको छ ।

Prabhu
Crest

कोषले चालू आ.व.को साउन महिनामा चालू आ.व.कै सबैभन्दा बढी ४ अर्ब ४७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । यसैगरी भदौमा १ अर्ब २० करोड, असोजमा १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ ।

कोषले निक्षेप तथा कर्जा सुरक्षणको प्रत्याभूति दिएवापत बैंक तथा वित्तीय संस्थाबाट संकलित सेवाशुल्क वापतको रकम क श्रेणीको वाणिज्य बैंकहरुमा निक्षेपको रुपमा जम्मा गर्दै आएको छ । राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले जम्मा गरेको निक्षेपमा ३ लाख रुपैयाँसम्मको निक्षेपको सुरक्षाको प्रत्याभूती कोषले गरेको छ । वित्तीय संकटका कारण बैंक टाट पल्टिएमा ३ लाख रुपैयाँसम्मको क्षतिपूर्ती कोषले नै सम्बन्धित बैंकका बचतकर्तालाई उपलब्ध गराउने छ ।

कोषले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले गरेको बचत रकमको सुरक्षा प्रत्याभूति, बैंक तथा वित्तीय संस्थाले गरेको लघु तथा मझौला स्तरको ऋण लगानीको सुरक्षा प्रत्याभूति गर्ने सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS