IME Life
Beema Board

कृषि तथा पशुपन्छी बीमा शुल्क अनुदान असोज ७ गतेदेखि मात्रै ८० प्रतिशत कायम हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमाशुल्कमा ८० प्रतिशत अनुदान दिन निर्देशन दिएको छ । यस्तो अनुदान असोज ७ गतेदेखि मात्रै लागु हुने बीमा समितिले जनाएको छ । साउन एक गतेदेखि असोज ६ गतेसम्मको हकमा भने ५० प्रतिशत मात्रै हुनेछ ।

अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको कार्तिक तीन गतेको पत्रबाट आर्थिक वर्ष २०७८/७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यबाट कृषि तथा पशुपन्छी बीमामा प्रदान गर्दै आएको अनुदान रकमलाई ५० प्रतिशत कायम गरिएकोमा आर्थिक वर्ष २०७८/०७९ को अर्थ सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयेकमा उल्लेख भएको र सो विधयेक प्रमाणिकरण भएको मिति २०७८ असोज ७ गतेदेखि लागु हुने गरी कृषि पशुपन्छी बीमाको अनुदान रकम ८० प्रतिशत कायम गरिएको बीमा समितिले जनाएको छ ।

Prabhu
Crest

गएका आर्थिक वर्षमा भने कृषि तथा पशुपन्छी बीमा शुल्क अनुदान ७५ प्रतिशत थियो । निर्वतमान अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट वक्तव्यमा कृषि तथा पशुपन्छी बीमा शुल्क अनुदान ७५ प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारेका थिए ।

यसै अवधिमा सरकार परिवर्तन भइ अर्थमन्त्रीमा जनार्दशन शर्मा नियुक्त भए । पुर्ववर्ती सरकारले जारी गरेको बजेटलाई अर्थमन्त्री शर्माले अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक मार्फत अनुदान रकम बढाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS