IME Life
Beema Board

भक्तपुरको बालकोट चोकमा सानिमा बैंकको शाखा विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंक लिमिटेडले भक्तपुरको बालकोट चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । पछिल्लो समयमा उपत्यका केन्द्रित शाखा संजाल बिस्तारमा आक्रामक बनेको बैंक व्यवस्थापनले एक महिनामा ललितपुर, काठमाण्डौं र भक्तपुरमा नयाँ शाखाहरु ठूलो संख्यामा थपेको छ ।

काठमाण्डौंंको कलंकी, टेकु, न्यूरोड, बानेश्वर, ग्वार्को, नक्साल, चुच्चेपाटी, सामाखुसी, सोह«खुट्टे, महाराजगंजमा शाखा रहेकोमा गोकर्णेश्वरमा दशैंअघि शाखा स्थापना गरेको छ । भक्तपुरको बोडेमा पनि हालैमात्र शाखा कार्यालय संचालनमा ल्याएको छ । भक्तपुर जिल्लाको गठ्ठाघर र ठिमीमा शाखा संचालन गरिरहेको छ ।

Prabhu
Crest

एक महिनाको अवधिभित्र ललितपुर जिल्लामा मात्र सानेपा, मंगलबजार, बालकुमारी, हरिसिद्धि, डोलाहिटीसहित पाँचवटा नयाँ शाखा थपिएका छन् । यसअघि ललितपुरको भैंसेपाटी, सातदोबाटो, कुमारीपाटी, कुपण्डोल, थसिखेल, एकान्तकुनामा शाखा संचालनमा रहेका थिए ।

बैंक व्यवस्थापनले काठमाण्डौं उपत्यकाभित्र संचालनमा रहेका २६ वटा बिस्तारित काउण्टरलाई व्यवसाय र रणनीतिकरुपमा शाखा कार्यालयमा स्तरोन्नती गरिरहेको छ ।

बालकोट शाखा संचालनमा आएसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ । बैंकले मैतीदेवीमा पनि नयाँ शाखा संचालनमा ल्याउने तयारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS