IME Life
Beema Board

व्याज खर्च बढे सँगै फर्स्ट माइक्रोफाइनान्सको मुनाफामा सामान्य गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । फार्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मुनाफामा सामान्य गिरावट देखिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा संस्थाको मुनाफा तीन लाख ६९ हजारले घटेको हो । पहिलो त्रैमाशिक अवधिमा संस्थाले २ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

संस्थाको व्याज खर्च बढ्दा खुद व्याज आम्दानी ९.१७ प्रतिशतले घटेको छ । संस्थाले यहि अवधिमा ४ करोड ७९ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । असोज मसान्तसम्ममा बरोइङ मात्रै ६२.५२ प्रतिशतले बढाउदै ९ अर्ब ६६ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यस्तै कर्जा लगानी पनि ५४.८३ प्रतिशतले बढाएर ९ अर्ब ३३ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

Prabhu
Crest

संस्थाको चुक्ता पूँजी ९६ करोड ४४ लाख रुपैयाँ छ भने जगेडा कोषमा २० करोड ३६ लाख रुपैयाँ जम्मा गरेको छ । कर्जा विस्तारमा आक्रमक संस्थाको पूँजी कोष अनुपात ११.९८ प्रतिशतमा खुम्चिएको छ । खराव कर्जा भने सून्य छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS