IME Life
Beema Board

बीमा कम्पनीको प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाडी बढेन, उस्तै कम्पनीलाई फरक व्यवहार किन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्रिमियम सहित प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रकृयाँ अगाडी बढेको छैन । कम्पनीले गत साउन १२ गते ११२ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँको दरमा ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

तर बोर्डले अहिलेसम्म कम्पनीको कुनै पनि प्रकृयाँ अगाडी बढाएको छैन । बोर्डले कम्पनीसँग आवस्यक कागजपत्र समेत मागेको छैन । बोर्डले नियामक निकाय बीमा समिति समक्ष उस्तै किसिमका कम्पनीहरुलाई फरक व्यवहार किन भन्दै प्रश्न गरेको छ । यस अवधिमा प्राथमिक शेयर निष्काशन गरिसकेका बीमा कम्पनीहरुले पनि विरोध गर्दै आइरहेका छन् ।

Prabhu
Crest

समयमा प्राथमक शेयर निष्काशन नगर्ने अनि कानुनका छिद्र प्रयोग गर्दै प्रिमियमा प्राथमिक शेयर जारी गर्न खोज्ने नियतलाई दुरुत्साहन गर्न उनिहरुले अनुरोध गर्दै आइरहेका छन् । प्राथमिक शेयर निष्काशन गरिसकेका कम्पनीको विरोध पछि बीमा समिति अहिले दोधारमा छ ।

समितिले सञ्चालन अनुमति दिएको केहि समयमा सम्पुर्ण कम्पनीहरुलाई तीन वर्ष भित्र प्राथमिक शेयर निष्काशन गर्नु भन्दै निर्देशन दिएको थियो । समितिकै निर्देशन अनुसार आफुहरुले प्राथमिक शेयर निष्काशन गरेको उनिहरुको गुनासो छ । निर्देशनको उल्लङ्घन गर्दै समयमा प्राथमिक शेयर निष्काशन नगरेका कम्पनीहरुलाई पुरस्कार स्वरुप प्रिमियममा प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको भन्दै आरोप लगाएका हुन् ।

यसमा पनि उनिहरुको आफ्नै स्वार्थ छ । प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने कम्पनीहरुले पहिलो वर्षमै राम्रो लाभांश दिन सक्छन् । उनिहरुको पूँजीकोष बलियो हुन्छ । उहि समयमा आएका कम्पनीहरु जसले अग्रिम रुपमा प्राथमिक शेयर निष्काशन गरिसकेका छन् उनिहरुको पूँजीकोष कम हुने भए पछि विरोध जनाउदै आएका छन् । यसै क्रममा कतिपय बीमा कम्पनीले धितोपत्र बोर्डलाई प्रिमियमा प्राथमिक शेयर निष्काशन प्रकृयाँ रोक्न अनुरोध समेत गर्न भ्याएका छन् ।

रिलायबलले प्रिमियममा प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिए सँगै आइएमई लाइफले पनि पुरानो प्रकृयाँलाई रद्द गरि प्रिमियममा जारी गर्ने सोच बनाएको छ । बोर्डका अनुसार आइएमई पहिलो वर्ष नोक्सानमा थियो तर कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार नाफा देखिन्छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७६ अनुसार प्राथमिक शेयर निष्काशन गर्न चाहने कम्पनी लगातार पछिल्लो तीन आर्थिक वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको हुनु पर्ने भन्ने छ । यहि व्यवस्थाकै आधारमा तत्काल आइएमई लाइफ प्रिमियमा प्राथमिक शेयर जारी गर्न योग्य हुँदैन ।

बोर्डले नियमावली निर्देशिकालाई टेकेर प्राथमिक शेयर निष्काशनमा रोक लगाउने सोच बनाएको छ । यदि बोर्डले प्रिमियममा प्राथमिक शेयर निष्काशनको लागि अनुमति दिन नचाहेमा सरोकारवाल निकायहरु सँग गोलमेच सम्मेलन गरेर राय लिन सक्छ । उक्त रायका आधारमा पनि रोक्न सक्ने अवस्था छ । तर बीमा समिति सँग समन्वय गरेर बोर्डले यस्तो कदमलाई रोक्न चाहिरहेको छ ।

तर बीमा कम्पनीहरुले भने प्रिमियमा प्राथमिक शेयर जारी गर्न पाएमा कम्पनी बलियो हुने राय व्यक्त गर्दै आएका छन् । बीमा कम्पनीहरुको दोस्रो बजारमा राम्रो मूल्य कायम हुने गरेको छ । दोस्रो बजारमा शेयर मूल्य जति सुकै माथि पुगे पनि कम्पनीलाई केहि फरक पर्दैन । तर प्रिमियमा शेयर जारी गर्न पाइयो भने कम्पनीलाई राम्रो फाइदा हुने उनिहरुको धारणा छ ।

प्रिमियम बापतको रकम सर्वसाधारण सँग उठाएर संस्थापक शेयरधनी मोटाउने खेल रहेको कतिपयको बुझाइ छ । सर्वसाधारण सँग लिएको प्रिमियम बापतको रकमलाई बोनश शेयर मार्फत वितरण गरियो भने पनि त्यसकै सबैभन्दा धेरै लाभांन्वित संस्थापक शेयरधनी हुन्छन् । साथै लाभांश दिने वित्तीके दोस्रो बजारमा पनि कम्पनीले राम्रो मूल्य पाउछ ।

कम्पनीको वित्तीय अवस्था राम्रो हुने सर्तमा बीमा समितिले अनुमति दिए पनि चौतर्फी विरोध भए पछि अहिले समिति दोधारमा छ । यदि धितोपत्र बोर्ड वा अन्य कुनै निकायले रोक्यो भने छुट्टै कुरा अन्यथा समितिले अनुमति दिने अडान लिएको छ । तर बोर्डले भने समितिका पदाधिकारीहसँग औपचारिक अनौपचारिक रुपमा यस्तो व्यवस्थावाट पछाडी हट्न अनुरोध गर्दै आइरहेको छ । यहि कारणले गर्दा अहिले बीमा कम्पनीको प्राथमिक शेयर निष्काशन प्रकृयाँ रोकिएको छ । यस विषयलाई बोर्डले समिति सँग बसेर केहि समयमा टुङ्ग्याउने योजना बनाएको छ । तर अहिले बोर्डको अध्यक्ष पद खालि भएकाले महत्वपुर्ण निर्णयहरु हुन सकिरहेको छैन । यो विवादास्पद विषय भएको भन्दै बोर्डले अध्यक्षको नियुक्ति कुरेर बसिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS