IME Life

नेपाल लाइफका अभिकर्ताले तिहार तथा छठको उपलक्ष्यमा चाँदीको सिक्का सहित नगद इन्सेन्टिभ पाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले तिहार तथा छठको उपलक्ष्यमा एक थान १० ग्रामको चाँदीको सिक्का सहित नगद सुविधा पाउने भएका छन् । नेपाल लाइफले आर्थिक वर्ष २०७८/२०७९ तिहार तथा छठ अभिकर्ता, बिसी, एम प्रोत्साहन योजना अन्तर्गत कार्तिक एक गतेदेखि ३० गतेसम्ममा उनिहरुले संकलन गरेको प्रथम बीमा शुल्कका आधारमा इन्सेन्टिभ रकम पाउने भएका हुन् ।

Prabhu
Crest

यस अवधिमा ४० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले एक थान १० ग्रामको चाँदीको सिक्का पाउने छन् । त्यस्तै ६० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित ६०० रुपैयाँ नगद प्राप्त गर्न सक्ने छन् । ८५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित १३५० रुपैयाँ नगद प्राप्त गर्नेछन् । एक लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित २१०० रुपैयाँ इन्सेन्टिभ पाउने छन् ।

एक लाख ३० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित २७०० रुपैयाँ नगद पाउने छन् । एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक थान १० ग्रामको चाँदीको सिक्का सहित ३३०० रुपैयाँ नगद पाउने छन् । एक लाख ५० हजार रुपैयाँ भन्दा माथि प्रत्येक थप एक लाख प्रथम बीमा शुल्कमा थप ३००० इन्सन्टि पाउने कम्पनीले जनाएको छ ।

यो योजना संस्थागत अभिकर्ताहरुको लागि लागु हुने छैन । उक्त नगद इन्सेन्टिभ रकममा नियम अनुसार १५ प्रतिशत कर कट्टा गरिनेछ । यसै अवधिमा विजनेस कोर्डिनेटरले कम्तिमा ५ जना नयाँ अभिकर्तालाई तालिममा सहभागी गराई उनिहरु मध्ये कम्तिमा पनि ३ जनाले ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको खण्डमा एक थान १० ग्रामको चाँदीको सिक्का पाउने छन् ।

यदि यस अवधिमा एजेन्सी म्यानेजरहरु नियुक्त वा नविकरण भएका खण्डमा उनिहरुले पनि चाँदीको सिक्का प्राप्त गर्न सक्ने छन् । यो योजनामा एकल बीमा शुल्क बापतको प्रिमियम गणना हुने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS