IME Life

हिमालयन रिइन्स्योरेन्सले क्रेडिट रेटिङ गराउँदै, अमेरिकी एजेन्सी एएम वेष्टसँग सम्झौता

SPIL
NIC ASIA

काठमाण्डौं । निजी क्षेत्रको पहिलो पूनर्बीमा कम्पनीको रुपमा दुई महिना अघि संचालनमा आएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले क्रेडिट रेटिङ गराउने प्रक्रिया शुरु गरेको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एएम वेष्टबाट हिमालयन रि इन्स्योरेन्सले क्रेडिट रेटिङ गराउने तयारी गरेको हो । रेटिङको काम बढीमा ६ महिनाभित्र सम्पन्न हुने सम्बद्ध श्रोतले जानकारी दिएको छ ।

कुनै पनि कम्पनी वित्तीय र व्यवस्थापकीय रुपमा कतिको सक्षम छ भन्ने अनुमान गर्नको लागी क्रेडिट रेटिङ एउटा औजार हो । निजी क्षेत्रबाट प्रवद्र्धित नयाँ कम्पनी भएकोले अन्तर्राष्ट्रिय बजारमा विश्वसनियताको लागी क्रेडिट रेटिङ एउटा आधार हुनेछ । नेपाली बीमा कम्पनीहरुबाट प्राप्त हुने व्यवसायबाट मात्र पूनर्बीमा कम्पनी पूर्ण क्षमतामा संचालन हुन नसक्ने भएकोले हिमालयन रिको लागी क्रेडिट रेटिङ आवश्यक छ ।

Prabhu
Crest

हिमालयन रिइन्स्योरेन्स कम्पनी गत साउनबाट राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेड समेतको प्रवद्र्धनमा रु.२१ अर्ब अधिकृत पूँजी रु.७ अर्ब जारी पूँजी सहित संचालनमा आएको हो ।

क्रेडिट रेटिङ गराउन कति खर्च लाग्छ ?
विश्वकै एक नम्बर क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङले सार्वजनिक गरेको जानकारी अनुसार रेटिङ शुल्क १ हजार देखि १५ लाख अमेरिकी डलर सम्म अर्थात नेपाली मुद्रामा रु.१ लाख १८ हजारदेखि १७ करोड रुपैयाँ पर्छ । अर्थ मन्त्रालयले नेपालको क्रेडिट रेटिङ गर्नको लागी बेलायती–अमेरिकी कम्पनी फिच रेटिङलाई नै जिम्मा दिएको छ ।

कुनै पनि कम्पनीको वित्तीय जोखिम बहन क्षमता, पूँजीकोष, वित्तीय क्षमता, व्यवस्थापकीय कुशलता, व्यवसायीक रणनीतिलगायत विभिन्न सूचकको आधारमा क्रेडिट रेटिङ कम्पनीले वर्गिकरण गर्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS