IME Life
Beema Board

नेप्से परिसूचकमा भारी अंकको गिरावट, ३२ कम्पनीको शेयरमा नकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २,६९८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज ४ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै फाइनान्स उपसूचक घटेको छ । फाइनान्स उपसूचक ८ दशमलव ५६ प्रतिशतले घटेको छ ।

आज २२५ वटा कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको कारोबार भएको छ । कम्पनीले ४० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

हिमालयन डिस्टिलरीको २२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १७ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मनकाामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । डिप्रोक्स लघुवित्तका लगानीकर्ताले २ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्तका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज ३२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज गुडविल फाइनान्स कम्पनीका लगानीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS