IME Life
Beema Board

नेरुडे लघुवित्तद्वारा म्यादी बीमा सेवाको लागी प्रस्ताव आह्वान

SPIL
NIC ASIA
Sanima Reliance
काठमाण्डौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो ऋणीको म्यादी बीमा गर्नको लागी बीमा कम्पनीहरुबाट प्रस्ताव माग गरेको छ ।
राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले बीमित ,पति,पत्नी वा संरक्षक समेतको कर्जा रकम बराबर बीमांकको ऐच्छिक म्यादी बीमा गर्नको लागी प्रस्ताव माग गरेको हो ।
गत असार मसान्तसम्ममा ७ अर्ब ९० करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको यस कम्पनीले देशभरको ९९ वटा शाखा कार्यालयहरुमार्फत् १ लाख ४८ हजारभन्दा बढी घरधुरीलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ । यो लघुवित्तको खराब कर्जा ४.३६ प्रतिशत रहेको छ ।
नेरुडे लघुवित्तले कम्पनी दर्ता, स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपिसहित असोज १६ गते दिउँसो २ बजेसम्ममा प्रस्ताव दर्ता गर्न बीमा कम्पनीहरुलाई अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS