IME Life
Beema Board

गोलबजार नगरपालिकामा समिति: कृषक गाउँमा कम्पनी शहरमा अनि कसरी हुन्छ कृषि बीमा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले सिरहा जिल्लाको गोलबजार नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिले स्थानीय तह तथा सरोकारवालहरुसँग बीमा सम्बन्धी छलफल गरेको हो ।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेशलाल कर्णले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुती दिएका थिए ।  सहायक निर्देशक हृदयेश्वर पण्डितले स्वागत मन्तव्य दिएका थिए भने अर्का सहायक निर्देशक पुर्ण बहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह तथा उपमेयर रेश्म कुमारी थापा सहित वडा अध्यक्ष तथा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी नम्बर दुईका अध्यक्ष अर्जुन पौडेल सहित शिक्षक, व्यवसायी, कृषकहरु सहित एक सय भन्दा धेरैको उपस्थिति थियो ।

छलफलका क्रममा अधिकाम्सले बीमा कम्पनीहरु प्रति गुनासो गरेका थिए । बीमा सम्बन्धी सामान्य पनि जानकारी नभएका स्थानीयहरुले समिति समक्ष स-साना कुराहरुको जानकारी माग गरेको निर्देशक लालले जानकारी दिए ।

अन्तर्क्रिया कार्यक्रममा उनिहरुले समयमा दाबी नपाउदा यसको गुनासो कहाँबाट गर्ने भन्दै प्रश्न गरेका थिए । लालको प्रस्तुति पछि केहि सर्वसाधारणहरुले बीमा अभिकर्ताको लाइसेन्स कसरी लिन सकिन्छ भन्दै प्रश्न गरेका थिए । सहभागी कृषकहरुले भारतमा पशु बीमा गर्दा पशुको बीमाङ्क रकम लाखौ रुपैयाँ हुने र नेपालमा भने एकदमै कम भएको भन्दै गुनासो गरेका थिए । नेपालमै एउटा भैसीको मूल्य एक/डेड लाख पर्ने तर बीमा कम्पनीहरुले अधिकतम बीमाङ्क रकम ८० हजार रुपैयाँ मात्रै तय गर्दा यो कसरी न्यायोचित भयो भन्दै उनले समिति समक्ष पोलिसीलाई संसोधन गर्न अनुरोध गरेका छन् । बीमा सर्भेयरले गरेको मूल्याङ्कनको ५०/६० प्रतिशत मात्रै दाबी पाउने गरेको भन्दै एक सहभागीले आफ्नो अनुभव सुनाएका थिए ।

बीमा गर्ने वेलामा कम्पनीहरुले विभिन्न सुविधाको प्रलोभन देखाउने गरेको तर दाबी पाउने बखतमा भने पुरा नहुने गरेको सहभागीको गुनासो थियो ।

कार्यक्रमलाई संवोधन गर्नै मेयर शाहले कम्पनीहरु प्रति लक्षित गर्दै बीमा गर्न घरदैलोमा आउने र दाबी भुक्तानी गर्ने बेलामा बेपत्ता हुने भन्दै गुनासो व्यक्त गरेका छन् । मेयर शाहले आफ्नो नगरपालिका क्षेत्रमा कृषि, बाली, पशुपन्छी तथा जीवन बीमा गराउन प्रतिवद्धता व्यक्त गरेका छन् । बीमा समितिले यस्तो कार्यक्रम नगरपालिमा मात्रै नभएर आम सर्वसाधारणको घर घरमा पुग्ने गरी गर्न शाहले सुझाव दिएका छन् ।

कम्पनीहरुले समयमा दाबी भुक्तानी नगर्ने विषयमा छलफल पछि मेयर शाहले दाबी भुक्तानी नगर्ने बीमा कम्पनीहरुलाई कारबाहीको व्यवस्था गरिदिन अनुरोध गरेका थिए । कृषि बीमा गर्नेहरु गाउँमा छन् तर बीमा कम्पनीहरु भने गाउँमा जादै नजाने अवस्थाले कृषि बीमा हुन नसकेको सहभागीको गुनासो थियो । किसान एकातिर बीमा कम्पनी अर्को तिर हुँदा वास्तविक कृषकहरुले बीमाबाट सुरक्षा पाउन नसकेको भन्दै मेयर शाहले हरेक स्थानीय निकायमा बीमा कम्पनीहरुले आफ्नो उपस्थिति जनाउनु पर्ने माग गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS