IME Life
Beema Board

खडक नगरपालिकामा समिति, बीमा सम्बन्धी नीति तथा कार्यक्रम बनाउने मेयरको प्रतिवद्धता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले खडक नगरपालिका सप्तरीमा स्थानीय तह तथा सरोकारवालाहरु सँग जनचेतनामुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको कार्यक्रममा १६५ जना भन्दा धेरैको सहभागिता थियो ।

Prabhu
Crest

बीमा समितिका निर्देशक दिनेशलाल कर्णको संयोजकत्वमा सम्पन्न यस कार्यक्रममा खडक नगरपालिकाका मेयर हेमायु हक, उपमेयर यासमिंन सुल्तान सहित सम्पुर्ण वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

यस कार्यक्रममा सानिमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदुम्न उपाध्याय तथा आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयालको पनि उपस्थिति थियो । त्यस्तै एलआइसी नेपालका प्रदेश एक र दुईका प्रमुख विपिनलाल कर्ण, शिक्षक, कृषक लगायतको उपस्थिति थियो । आजको कार्यक्रम समितिका सहायक निर्देशक पुर्ण बहादुर थापाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य सहायक निर्देशक हृदयश्वेर पण्डितले दिएका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै मेयर हेमायु हकले नगरपालिकाले बीमा सम्बन्धी नीति बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् स्थानीयहरुलाई सम्पत्ती बीमा, कृषि बीमा र जीवन बीमा गर्न प्रोत्साहन गर्ने हेमायुले यसका लागि बीमा कम्पनीहरुलाई आफ्नो शाखा खोल्न अनुरोध गरेका छन् ।

शाखा खोल्न चाहने कम्पनीलाई आफैले सहजिकरण गर्ने भन्दै हेमायुले नीतिगत रुपमै बीमाका लागि नगरवासीहरुलाई अनुरोध गर्ने बताएका थिए । कार्यक्रममा सहभागीहरुले कोरोना बीमाको दाबी नपाएको भन्दै गुनासो गरेका थिए । अधिकाम्सले कोरोना बीमाको दाबी भुक्तानीको विषयलाई लिएर प्रश्न गरेपछि निर्देशक कर्णले यसको प्रकृयाँ अगाडि बढिरहेको र सरकारले रकम निकास गर्ने वित्तीकै भुक्तानी दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उपमेयर सुल्तानले बीमा समितिको यस कार्यक्रमले यस क्षेत्रका मानिसहरुको बीमा प्रतिको नकारात्मक बुझाइलाई मेटाइदिएको बताएको थिइन । कार्यक्रममा निर्देशक कर्णले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुती दिएका थिए । उनको प्रस्तुतिले बीमाको विषयमा धेरै ज्ञान प्राप्त गरको भन्दै सुल्तानले  सबैलाई बीमाको दायरामा ल्याउन पहल गर्ने बताएकी थिइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS