IME Life
Beema Board

शेयर बजार नेप्से परिसूचक १८ अंकले घट्यो, सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २,९२९ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२२ वटा कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २७ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज रैराङ हाइड्रोपावर कम्पनीको २२ करोड ७९ लाख रुपैयााको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मनकामना स्र्माट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सानिमा लाइफ इनस्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लागनीकर्ताले ५ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् । सिटिजन म्युचुअल फण्ड दुईका इकाईधनीले ३ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS