IME Life
Beema Board

७१ अंकले बढ्यो नेप्से, ९ अर्बमाथिको कारोबार हुँदा अरुण भ्यालीको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले बढेर २,९४७ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ६ दशमलव ३७ प्रतिशतले बढेको छ ।

आज १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २३१ वटा कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोडमाथिको शेयर कारोबार भउको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ३१ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २५ करोड ७२ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

आज १४ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोपावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । फर्स्ट माइक्रोफाइनान्स कम्पनीको पनि १० प्रतिशतले नै शेयर मुल्य बढेको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै सिटिजन म्युचुअफ फण्ड १ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS