काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ०२ अंकले घटेर २,८७६ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर करोबार भएको छ । कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको २४ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वरोजगार लघुवित्तको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको २३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रैराङ हाइड्रोपावर कम्पनीको २३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।