IME Life
GBIME

शेयर बजार ६० अंकले घट्यो, सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ०२ अंकले घटेर २,८७६ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज २० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२५ वटा कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर करोबार भएको छ । कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको २४ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वरोजगार लघुवित्तको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको २३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रैराङ हाइड्रोपावर कम्पनीको २३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ८ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS