IME Life

नबिल बैंकले ल्यायो नबिल डिजी वर्कस्पेस

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्नका लागि“नबिल डिजी वर्कस्पेस” ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले जनाएको छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।

नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता हो भनी बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।

Prabhu
Crest

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन, को सँग छन तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुराामा बैंक विश्वस्त छ ।

अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन । यसले कागजी प्रकृया बिना तिब्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।

हालसम्म बैंकले १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS