IME Life
Beema Board

स्थानीय निकाय सँग बीमा समिति : गौरीगंगा नगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले कैलालीको गौरीगंगा नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिले केहि समय अगाडिदेखी स्थानीय निकाय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै आइरहेको छ । उक्त कार्यक्रमको नेतृत्व बीमा समितिका उप निर्देशक विरोध भट्टले गरेका थिए ।

समितिले पुर्वका केहि जिल्लामा यस्तो कार्यक्रम सम्पन्न गरिसकेको छ । सुदुपश्चिम क्षेत्रमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रमको नेतृत्व गरेका भट्टले आफु जन्मिएको स्थानीय निकायबाट सुरु गरेका हुन् । यस पटक उनले तीन वटा स्थानीय निकायमा कार्यक्रम आयोजना गर्नेछन् ।

Prabhu
Crest

कार्यक्रममा बीमा समितिकै सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै स्थानीय निकायका मेयर, उपमेयर, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, उद्योगी व्यापारी, शिक्षक, बैंक बीमा कार्यालयका शाखा प्रमुखहरु लगायत सर्वसाधारणको उपस्थिती थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले कोरोना बीमाको दाबी भुक्तानी नभएको भन्दै गुनासो व्यक्त गरेका थिए । मेयरले पनि कोरोना बीमा तथा कृषि बीमाको दाबी भुक्तानी पाउन समस्या भएको उल्लेख गरेका थिए । दाबी भुक्तानी नपाउदा कसलाई गुनासो गर्ने भन्ने कुरा थाहा नपाएको भन्दै समितिको यस्तो कार्यक्रमले बीमा सम्बन्धी धेरै जानकारी भएको बताए । उनले यदि बीमा कम्पनीहरुले दाबी भुक्तानी दिएनन् भने बीमा समिति सँग समन्वय गरेर स्थानीय सर्वसाधारणहरुको दाबी भुक्तानीका लागि आफुले पहल गर्ने भन्दै प्रतिवद्धता व्यक्त गरेका छन् ।

घर तथा सम्पत्ती बीमालाई आफ्नो नगरपालिकाले अनिवार्य गराउन के कस्तो मोडालिटी आवश्यक पर्ने हो त्यसका लागि समिति सँग बसेर नीति बनाउने बताएका छन् । बीमा समितिले स्थानीय निकायलाई आफ्नो सेवा सँग बीमालाई जोड्न अनुरोध गरेको थियो । यसै क्रममा मेयरले आफ्नो सेवा सँग बीमालाई जोड्न तयार भएको उल्लेख गरेका छन् । स्थानीय निकायले समन्वय गरेर गरिएको बीमाको दाबी भुक्तानी नभएमा समिति सँगै समन्वय गर्ने बताएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS