IME Life

५० अंकले घट्यो नेप्से, साढे ९ अर्बको कारोबार हुँदा अरुण भ्यालीको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५० दशमलव २८ अंकले घटेर २,९२६ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज २३ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १५८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २३० वटा कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भउको छ । कम्पनीको ५७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अपि पावर कम्पनीको ३२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएएको छ । ङादी ग्रुप पावर कम्पनीको २३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको २० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS