IME Life
Beema Board

स्थानीय तहसँग समन्वय गरी विद्यालय संचालन गर्न पाउने जिल्ला प्रशासनको निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उपत्यकामा निषेधाज्ञा हटाइएको छ । तर निषेधाज्ञा हटाइए पनि भिडभाड तथा मानिसको भिड लाग्ने जस्ता कार्य नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आज उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएका हुन् ।

निषेधाज्ञा हटाइए पनि कोरोना संक्रमणको जोखि रहिरहेकाले भिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन पर्ने जनाएका छन् ।

Prabhu
Crest

शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाउने तर गर्नेपर्ने भए स्मार्ट लकडाउनको पालना गरी स्थानीय तहसँग समन्वय गरी विद्यालय संचालन गर्न पाउने जनाएको छ ।

त्यस्तै, पसल, रेष्टुरेन्ट तथाहोटल व्यवसाय निर्वाध रुपमा सञ्चालन हुनेछन् । ढुवानीको हकमा भने प्रशासनले बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजे सम्मको समय तोकेको जनाएको छ ।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS