IME Life
Beema Board

दोर्दी खोला जलविद्युतको साधारण सभा असोज ६ गते, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले असोज ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सभा जुम मार्फत संचालन गर्ने समेत कम्पनीले बताएको छ ।

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ । त्यसैगरी, लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाउको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधन गरी थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पनि पारित गर्ने एजेण्डा रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ २२ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS