काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २२२ जना निको भएर घर फर्किएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ ।