IME Life
Beema Board

श्री जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा वडा न. ६ स्थित श्री जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको हो ।

समुदायमा व्यवस्थित ढंगले शुद्व पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी बैंकले श्री जन नमूना माध्यमिक विद्यालयलाई एक कार्यक्रम मार्फत रु। एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको छ।

Prabhu
Crest

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, श्री जन नमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला,प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा न ६ सुर्खेतका वडा अध्यक्ष मोती प्रसाद कंडेलको उपस्थिति रहेको थियो।

खानेपानी धाराको जडान पश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभ लिन सक्नेछन्।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS