IME Life
Beema Board

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्टको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले विद्यमान चुक्ता पूँजी ११ अर्बको आधारमा साउन ५ गतेदेखि १ः१ को अनुपातमा १०० अंकित दरको ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरमा लगानीकर्ताले आज मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले छिटोमा २५ गतेसम्मका लागि बिक्री खुल्ला गरेको उक्त शेयरमा १५ दिनको अवधि थप गरी भदौ ८ गतेसम्म पुर्याएको थियो । कम्पनीलेकोरोना महामारीको अवस्थालाई ध्यानमा राखी आवेदन दिने अवधि थप गरेको हो ।

Prabhu
Crest

हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले उक्त शेयरमा सी आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सक्नेछन् ।

त्यस्तै, लगानीकर्ताले ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेल, ग्लोबल आइएमई बैंकको पोखरा, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते ९एक दिन० बुक क्लोज गरेको थियो । त्यसैले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS