SKIP THIS

GBIME
IME Life
Beema Board

मानुषी लघुवित्तको आईपीओ पर्यो कि परेन ? हेर्नुहोस् यी ४ साइटबाट नतिजा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बिहान बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओ को नतिजा मानुषी लघुवित्तको वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

Prabhu
Crest

जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/  बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट https://iporesult.nsmbl.com.np/?, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np , सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै आवेदकमध्ये भाग्यमानी ३ जनाले गोलाप्रथाबाट थप १/१ कित्ता शेयर पाउनेछन्। यस हिसाबले यस आईपीओमा २३ लाख १७ हजार ८८९ आवेदकको हात खालि भएको छ।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयर माग भएको थियो। तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ता सदर भएको छ भने बाँकी ७ हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता शेयर बदर भएको छ।

कम्पनीले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS