IME Life

विद्युत नियमन आयोगको चेतावनी पछि ‘हाइड्रोपावरको बबल’ फुट्दै

SPIL
NIC ASIA

काठमाडौं । विद्युत नियमन आयोगले आज हाइड्रोपावरको शेयरधनीहरुलाई चेतावनी दिए सँगै केहि समयदेखि अस्वभाविक रुपमा सुधारिएको जलविद्युत कम्पनीको शेयरमा पहिरो गएको छ । विगत एक दुई महिनादेखि हाइड्रोपावरको शेयरमा बबल क्रियट भएको थियो ।

नियमन आयोगले ‘बिद्युत सम्बन्धि कम्पनीको शेयरको सार्बजनिक निष्काशन सम्बन्धि निर्देशिका,२०७६’ को मस्यौदामा जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न पाउने व्यवस्था राख्दा अनावस्यक बबल क्रियट भएको थियो । आयोगले उक्त मस्यौदामा भएको व्यवस्था जस्ताकै त्यस्तै नआउने र केहि संसोधन भएर मात्रै आउने जनाएको छ ।

Prabhu
Crest

बिज्ञहरुले जलविद्युत कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न दिएर कर्जा भुक्तानी गर्न दिन नहुने भन्दै सुझाव दिएका छन् । एउटा हाइड्रोले अर्को हाइड्रोमा शेयर लगानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न दिन हुने तर ऋणै तिर्नका लागि हकप्रद शेयर जारी गर्न दिन नहुने उनिहरुको राय छ । नेपाल धितोपत्र बोर्डले पनि अनावस्यक रुपमा हकप्रद शेयर निष्काशन गर्न दिन नहुने सुझाव दिएको छ । हकप्रद शेयर जारी गर्दा कम्पनीको प्रतिशेयर आम्दानी घट्छ र भोलिका दिनमा शेयरधनीहरुले पाउने प्रतिफलमा कमि आउछ । तर अल्पकालिन लगानीकर्ताको कारणले हकप्रद शेयर निष्काशनको सूचनामा मूल्य बढाइरहेका छन् ।

कतिपय कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने योजना नै नबनाउदा पनि ति कम्पनीका सञ्चालकहरुले हकप्रदको हल्ला चलाइरहेका छन् । आयोग नियामक निकाय भए पनि यसका लागि परिपक्व भएर नियमन गर्न सकिरहेको छैन । जसरी बीमा समितिले हकप्रद शेयरको हल्ला चलाएर मूल्य बढाउन खोज्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यस पछि दोस्रो बजारमा अनावस्यक रुपमा मूल्य तलमाथि हुन सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS