IME Life
Beema Board

नेपाल बंगलादेश बैंकको संस्थापक शेयर खरिद गर्न ८ वटा आवेदन, एनबि समुहले उठाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बंगलादेश बैंकको संस्थापक शेयर खरिदका लागि साविकका ८ संस्थापकले आवेदन दिएका छन् । नेपाल बंगलादेश बैंकको संस्थापक शेयरधनी आईएफआईसी बैंक ढाकाले आफ्नो सम्पुर्ण शेयर बिक्रीका लागि आवेदन दिए सँगै साविकका संस्थापकहरुका लागि प्रस्ताव आह्वान गरिएको थियो ।

बैंकले आफ्नो नाममा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता र आर्थिक वर्ष २०७७/७८ मा प्राप्त हुने बोनस शेयर सहितको लागि लागि आवेदन खुलाइएको थियो । बैंकले गत असार २९ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनको म्याद दियएको थियो ।

Prabhu
Crest

आईएफआईसी बैंक ढाकाको शेयर खरिदका लागि एनवि समुहका व्यक्ति तथा कम्पनीहरुले आवेदन दिएका छन् । हाल एनवि समुहका लक्ष्मी बहादुर श्रेष्ठको ०.६२ प्रतिशत शेयर रहेको छ । त्यस्तै श्रेष्ठका छोराहरु एल्सन र बिन्सन सहित बिनु श्रेष्ठले आवेदन दिएका छन् । हाल एल्सन र बिन्सन दुबैको ०.९९ प्रतिशत शेयर रहेको छ । यसै समुह अन्तर्गतका मानङ्ग इन्भेष्टमेन्ट प्रालि, हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि, दिब्यश्वरी इन्भेष्टमेन्ट र हिमसागर ट्रेडिङले सेयर खरीदका लागि आवेदन दिएका छन् । हाल हिमालयनको ०.७० प्रतिशत रहेको छ । उनिहरुले १५० भन्दा माथिको लागि आवेदन दिएका छन् ।

आईएफआईसी बैंक ढाकाकको हाल ४०.८९ प्रतिशत हिस्सा रहेको छ । एउटा व्यक्ति तथा समुहले १५ प्रतिशत भन्दा धेरै शेयर खरिद गर्न पाउदैनन् । तर हाल कायम रहेका शेयरधनीहरु मध्ये कसैको पनि तीन प्रतिशत भन्दा धेरै शेयर छैन । यसले गर्दा उनिहरुले नै पुरै शेयर उठाउन सक्ने देखिएको हो । यस भन्दा अगाडि नविल बैंकका शेयरधनीले एविको शेयर खरिद गर्ने र नविलमा मर्ज गराउने हल्ला चलेको थियो ।

उक्त सम्पुर्ण आवेदनको फिट एण्ड प्रपर टेष्ट गर्नु पर्ने हुन्छ । यदि फिट एण्ड प्रपर टेष्ट अनुसार उनिहरु अयोग्य ठहरिए मात्रै सार्वजनिक रुपमा साविक संस्थापक भन्दा बाहिरका लगानीकर्ताका लागि आह्वान हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS