IME Life
Beema Board

लाभांश पारित र हकप्रद निष्काशनका लागि अपि पावरको एजिएम आब्हान, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अपि पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अठारौ वार्षिक साधारण सभा भाद्र २५ गते, शुक्रबार गर्ने भएको छ । कम्पनीको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको कम्पनीको प्रधानकार्यालय, ट्रेडटावर काठमांडौबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशतनगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साथै, सभामा बोनश शेयरपछि कायम चुक्ता पूँजीको आधारमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनश वितरण गरेपश्चात कायम हुने पुँजीको १ः०.३९३६ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सोही सभाबाट पारित गर्ने छ ।

सभामा वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ ।

सभाले हकप्रद निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म शेयर दर्ता पुस्तक बन्द गर्ने निर्णय गरेको छ । त्यसकारण भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS