IME Life
Beema Board

आईएमई लाइफको जीवन बीमा कोष १०३ प्रतिशतले बृद्धि, बीमा शुल्क आर्जन दुई अर्ब ७३ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष १०३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ९७ करोड रुपैयाँ जम्मा भएको छ । खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन ९९ प्रतिशत भन्दा धेरैले सुधार भएको छ ।

खुद बीमा शुल्क आर्जन ९९.३१ प्रतिशतले बढेर २ अर्ब ७३ करोड रुपैयाँ पुर्याउन सफल भएको छ त्यस्तै कुल बीमा शुल्क आर्जन पनि ९९.४७ प्रतिशतले बढाएर २ अर्ब ७९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो ।

Prabhu
Crest

कम्पनीले दिर्घकालिन लगानी तथा कर्जा पनि ७६ प्रतिशतले बढाएर तीन अर्ब २५ करोड रुपैयाँ लगानी गरेको छ । बीमितले आफ्नो बीमालेख धितोमा राखेर २४ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका छन् । यस्तो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ७१ प्रतिशतले बृद्धि भएको हो ।

खुद नाफामा भने झिनो अंकले सुधार भएको छ । कम्पनीले यस अवधिमा १३ करोड ४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लगानी कर्जा तथा अन्य आय ६२ प्रतिशतले बढाएर २३ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ ।

अभिकर्ताले प्राप्त गर्ने कमिसन १०४ प्रतशतले बृद्धि भएको छ । आईएमईका अभिकर्ताले गत वर्ष मात्रै ५१ करोड ९७ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् । प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ छ । हाल चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा ४७ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS