IME Life
Beema Board

युनियन लाइफको बीमा शुल्क आर्जन ४५ प्रतिशतले बढ्दा अन्य सूचकमा यस्तो छ सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा २१ प्रतिशलते घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा १३ करोड तीन लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने १६ करोड ६० लाख रुपैयाँ थियो ।

नाफामा गिरावट देखिए पनि खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन भने ४५ प्रतिशतले बृद्धि भएको छ । यसै अवधिमा कुल बीमा शुल्क आर्जन ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने खुद बीमा शुल्क आर्जन ६ अर्ब ५८ करोड रुपैयाँ छ ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षमा सर्वसाधारण शेयर जारी गरेर चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ७६ करोड ५९ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा पनि ७ अर्ब ६५ करोड रुपैयाँ जम्मा भैसकेको छ । कोषमा सुधार सँगै कम्पनीले ६ अर्ब ४८ करोड रुपैयाँ दिर्घकालिन लगानी तथा कर्जा प्रवाह गरेको छ । बीमितले बीमालेख धितोमा राखेर मात्रै ८२ करोड रुपैयाँ कर्जा लिएका छन् ।

विभिन्न क्षेत्रमा कर्जा लगानी तथा अन्य आय मात्रै ८६ प्रतिशतले सुधार भएको छ । यस्तो आर्जन ६५ करोड ८ लाख रुपैयाँ रहेको छ । गत वर्ष खुद दाबी भुक्तानी १०५ प्रतिशतले बढेको छ । यस अवधिमा कतिपय पोलिसी सरेण्डर हुँदा पनि दाबी भुक्तानी बढेको हो ।

कम्पनीले गत वर्ष दाबी भुक्तानी मात्रै एक अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गरेको हो । त्यस्तै अभिकर्ता कमिसन पनि ३३ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले कमिसन तथा इन्सेन्टिभबापत एक अर्ब २० करोड रुपैयाँ बुझेका हुन् । बीमालेख संख्या ४ प्रतिशतले घटेर २ लाख ६७ हजार वटा कायम छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS