IME Life

लघुवित्तलाई कर्मचारीको सक्सेसन प्लान बनाउन राष्ट्र बैंकको निर्देशन, छाडेका कर्मचारीलाई नियम बमोजिम बोनस दिनु

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कर्मचारी नीति तथा कार्यरत कर्मचारी संरचनाको समिक्षा गरी सक्सेसन प्लान तयार पार्न निर्देशन दिएको छ । कुनै पनि कर्मचारी अर्को विभागमा सरुवा हुँदा, संस्था छाड्दा, अवकास हुँदा त्यस विभागमा हुने अभावलाई मध्यनजर गर्दै यस्तो योजना बनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो । लघुवित्त वित्तीय संस्थाहरुको निरिक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनमा उक्त निर्देशन दिइएको उल्लेख छ ।

संस्थाबाट राजिनामा दिई गएका कर्मचारीहरुको संस्थाको कर्मचारी सेवा विनियमावलीमा भएको व्यवस्था भन्दा बढि रकम असुल गर्ने कार्य बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यसरी बढी असुल गरेको रकम सम्बन्धितलाई फिर्ता गरी सोको जानकरी नेपाल राष्ट्र बैंकलाई दिनु समेत निर्देशद दिइएको छ ।

Prabhu
Crest

निरिक्षणका क्रममा राष्ट्र बैंकले संस्था छोडी सकेका कर्मचारीहरुलाई कर्मचारी बोनस बापत २०७७ असार मसान्तमा भुक्तानी गर्ना बाँकी रकम सम्बन्धित कर्मचारीलाई भुक्तानी दिई हिसाब राफसाफ गर्न निर्देशन दिएको हो । संस्थाको पूर्व कर्मचारीले अपचलन गरेको रकम तत्काल असूल उपर गरी नेपाल राष्ट्र बैंकमा जानकारी गर्न समेत निर्देशन दिएको छ ।

लघुवित्त वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरुको शाखा प्रमुखको जिम्मेवारी संस्थाका करारमा रहेका कर्मचारीलाई नदिने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS