IME Life
Beema Board

मर्जरको अन्तिम तयारीमा रहेका इन्भेष्टमेन्ट र हिमालयन दुबैको नाफा बढ्यो, संयुक्त पूँजीकोष ५० अर्ब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरको तयारीमा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले क्रमश ५०.६९ प्रतिशत र १५.८९ प्रतिशतले मुनाफा बढाएका छन् । नेपाल इन्भेष्टमेन्टले आर्थिक वर्ष २०७७/७८ मा तीन अर्ब ६५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ भने हिमालयनले २ अर्ब ९९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

दुबैको खुद व्याज आम्दानीमा भने गिरावट आएको छ । इन्भेष्टमेन्टको खुद व्याज आम्दानी ३.२० प्रतिशत र हिमालयनको २१.४३ प्रतिशतले घटेको छ । इन्भेष्टमेन्टको खुद व्याज आम्दानी ५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने हिमालयनको तीन अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

नेपाल इन्भेष्टमेन्टको चुक्ता पूँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब रुपैयाँ जम्मा भएको छ । हिमालयनको चुक्ता पूँजी १० अर्ब ६८ करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ अर्ब ५८ करोड रुपैयाँ छ । मर्जर पछि यो बैंकले सबैभन्दा ठुलो बैंक बन्नेछ । मर्जर पछि चुक्ता पूँजी २६ अर्ब ९३ करोड रुपैयाँ पुग्नेछ भने जगेडामा २२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।

दुबै बैंकको पूँजी र मुनाफा जोड्यो भने संयुक्त रुपमा प्रति शेयर आम्दानी २४ रुपैयाँ हुनेछ । पूँजीकोष सबैभन्दा धेरै ५० अर्ब हाराहारी हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS