IME Life
Beema Board

गरिमा विकास बैंकको अधिकांश सूचकमा बृद्धि हुँदा नाफा मात्र ४२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमांडौ । गरिमा विकास बैंकले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा आइपुग्दा बैंकले ८२ करोड ५२ लाख रुपैँया मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७६/७७ को तुलनामा बैंकको नाफा ४२ दशमलव ९४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ७२ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ५७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आथिृक वर्षको सोही अवधिमा बैंकको वितरण योग्य मुनाफा ३४ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

त्यस्तै, गत आर्थिक बर्षको अन्तिम सम्ममा बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको तुलनामा बैंकको जगेडा कोषमा ४६ दशमलव ०४ प्रतिशतले संचिती बढी हो ।

समिक्षा अवधिमा बैंकको अधिकांश सुचकमा प्रगति देखिएको छ । त्यस्तै, बैंकले समिक्षा अवधिमा ६३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८० करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ खुद ब्याद आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधीको तुलनामा बैंकको खुद ब्याज आम्दानी १९ दशमलव ३७ प्रतिशतले बढि हो । बैंकको सञ्चालन मुनाफा पनि अधिल्लो आर्थिक बर्षको तुलनामा ३८ दशमलव ३७ प्रतिशतले बृद्धि भई २ अर्ब ६५ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको अन्तिम सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको अन्तिम सम्ममा १७ रुपैयाँमा ८२ पैसामा सिमित थियो । त्यसैगरी, समिक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ १५ पैसाबाट बढेर १४४ रुपैयाँ १ पैसा कायम भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS